रोल्पाको थबाङ गाउँपालिकामा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेरद्वार ऋिषिकेशव बुढा 'सबिन' र उपाध्यक्षमा शर्मिला बुढा 'रोशनी' विजय भएका छन्।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरलेपछि पार्दै गाउँपालिका अध्यक्षमा बुढा मगर निर्वाचित भएका हुन्। ऋिषिकेशव बुढा 'सबिन'ले २ हजार १ सय २२ मत प्राप्त गर्दा दर्जित रोकामगरले १ हजार ५ सय ६ मत मात्रै प्राप्त गरे।
थवाङमा माओवादी एकातिर र नेपाली कांग्रेस, नेकपा एमाले तथा विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र रुपमा दलजित रोकाले उम्मेदवारी दिएका थिए।
त्यस्तै माओवादीकी उपाध्यक्ष शर्मिला बुढा 'रोशनी'ले २ हजार २२ मत ल्याइन।
त्यस्तै मंगाेल नेशनल अर्गानाइजेसनका अध्यक्ष पदका उम्मेदवारले ५१ मत मात्रै प्राप्त् गरे।