ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएकाे आराेप लागेकाे छ।
मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएकाे, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेकाे, तस्बिर खिच्न नदिएकाे जस्ताे आराेप लागेकाे छ।
दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको अन्नपूर्ण पोष्टका फोटो पत्रकार अशोक दुलालले बताए। उनले भने, 'मतगणनाको तस्बिर खिच्न त के भित्र पसेर शान्त ठाउँमा बसेर तस्बिर पठाउन पनि पाइएन।'
यस्तै थाहा सञ्चारका पत्रकार नवीन लुइटेलले पनि व्यवस्थापनले अपमानजनक व्यजहार गरेकाे आराेप लगाए। उनले भने, ‘पत्रकारलाई मत परिणामबारे जानकारी दिँइदैन। मतगणनास्थलमा रहेका कार्यकर्ताकाे फेसबुक स्टाटस हेरेर समाचार पुष्टि गर्नुपर्छ। निर्वाचन आयोगले आधिकारिक तथ्यांङ्क नै दिँदैन।’
नगरपालिकाले लाखौं खर्चेर डिजिटल डिस्प्ले राखे पनि मतगणनाको परिणाम डिस्प्लेमा देखाएको छैन। माइकबाट मतगणना भन्दा पनि पटक पटक माइक बिग्रने हुँदा सर्वसाधारण सूचनाबाट बन्चित बनिरहेका छन्।
नगरपालिकाले चार पाँच घण्टा फरकमा मत परिणाम सुनाउने गरेकाे छ।