जुम्लाको कनकासुन्दरी-८ मा दलित उम्मेदवारको प्यानल विजयी

जुम्लाकाे कनकासुन्दरी गाउँपालिका-८ दलित समयुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ।

वडाभरिका दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए। उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए।

सङ्घीयतापछि दलितको मुक्ति हुन नसकेपछि भन्दै दलितको नेतृत्वबिना वडामा समृद्धि हुन नसक्ने ठानी कुनै पनि दलकाे टिक नलिएकाे धनबहादुरले बताए।

उनले धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन्।

उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए। 

वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन्। 

एक जना महिला सदस्यमन भने कांग्रेसकी रामुदेवी काफ्लेले जितेको निर्वाचन अधिकृको कार्यालयले जनाएको छ।

अहिले दलित बस्तीमा खुसीयाली छाएकाे निर्वाचित वडाअध्यक्ष धन बहादुरले बताए।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा सहित विजय र्‍याली निकालेका छन्।

प्रकाशित मिति: : 2022-05-15 13:26:00

प्रतिकृया दिनुहोस्