काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।
हालसम्म बालेनले २६०१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत पाएका छन्।
त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले १६५ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५ मत पाएका छन्।
हाल काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ।
निर्वाचन आयोगका अनुसार जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौं महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको छ। काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा छन्।