रूकुमको भूमे–७ मा माओवादी केन्द्रको प्यानल विजयी 

रूकुमको भूमे गाउँपालिका–७ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ।

वडा नं–७ माओवादीका वडाअध्यक्ष उम्मेदवार संगम रोकाले  ४६४ मत ल्याएर विजयी भएका हुन्। 

उनीसँगै  माओवादीबाट वडा सदस्यका उम्मेदवारहरुकाे पनि जित भएकाे हाे। 

वडामा रहेका ८६५ मतदातामा जम्मा ५७७  मत खसेको थियो। जसमध्ये पूर्ण बदर मत २४ रहेको छ।

प्रकाशित मिति: : 2022-05-15 11:54:00

प्रतिकृया दिनुहोस्