झापाको कमल गाउँपालिका वडा नं–१ काे वडाअध्यक्षमा सत्तारुढ गठबन्धनबाट केदार कटुवाल विजयी भएका छन्।
उनी १७८६ मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी नेकपा एमालेका श्याम कार्कीले १०६३ मत प्राप्त गरे।
यस्तै, वडा सदस्यमा गठबन्धनका बालकुमारी प्रसाईं, कमला बिक, चैतन्य चौलागाईं र भोला दुलाल विजयी भएका छ्न।
कमलमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छ्न। त्यस्तै गठबन्धनका गाउँपालिका अध्यक्ष उम्मेदवार हुकुमसिं राई २६५९ मतका साथ अग्र स्थानमा छ्न।
उनलाई नेकपा एमालेका भिम राईले १६४५ मतका साथ पछ्याइरहेका छ्न।
गाउँपालिका उपाध्यक्ष पदका गठबन्धन उम्मेदवार पर्शुराम सुवेदीले २२०७ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिस्पर्धी प्रमिला तिवारीले १६३५ मत प्राप्त गरेकी छ्न। अहिले वडा न. २ को मतगणना जारी नै छ।