चन्द्रनगर–१ मा कांग्रेस विजयी

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसकाउम्मेदवार विजयी भएका छन्। 

नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन्।

महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे। उनकाे  पक्षमा ६ सय ४६ मत परेको छ। यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार  सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे। 

यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ। पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारकाे पक्षमा ७ सय ८० मत परेको छ। लोकतान्त्रिक समाजवादी  र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमश:३ सय ५७ र २ सय ९७ मत परेको छ। 

उपमेयर पदमा नेपाली कांग्रेसकी  मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार  गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ। 

प्रकाशित मिति: : 2022-05-15 11:04:00

प्रतिकृया दिनुहोस्