खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन्।
केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन्। माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन्।
खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन्।
बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन्। खुला दुई सदस्य पनि महिला छन्। बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन्।