सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी९जसपा०का उम्मेदवार विजयी भएका छन्।
हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन्। रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे। रायको प्यानलनै विजयी भएको छ।
यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन। कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन्।