बाराको निजगढ–१३ मा गठबन्धनका सूर्य घलान विजयी

फाइल तस्वीर
फाइल तस्वीर

बाराको निजगढ नगरपालिका–१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन्।

उनी ७ सय ७९ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन्। थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ। मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन्। 

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा  एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन्।


 

प्रकाशित मिति: : 2022-05-15 10:18:00

प्रतिकृया दिनुहोस्