ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ।
मतपरिणाम अनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ। कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन्।
महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ।
नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन्। उपप्रमुखमा एमालेकी विना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत प्राप्त गरेकी छिन्।
महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेका छन्।