रुकुमपूर्वकाे भुमे–८ मा काङ्ग्रेस विजयी

बिएल संवाददाता

रुकुम पूर्व
फाइल तस्वीर
फाइल तस्वीर

रुकुम पूर्व– भुमे ८ को वडा अध्यक्षमा काङ्ग्रेस विजयी भएको छ। 

नेपाली कांग्रेसका दिनेश रोकाले जम्मा ४७७ मत लिएर बिजयी भएका हुन। माओवादी केन्द्रका कृष्ण रोकाले ४६९ मत लिदा जम्मा ८ मतले पछि परेका हुन। वाकी वडा सदस्यमा भने माओवादी केन्द्रले जितेको छ।

जम्मा १४०८ मतदाता रहेको वडामा जम्मा १००९ मत  खसेको थियो, भने जसमा पुर्ण बदर मत २६ र-यो।

प्रकाशित मिति: : 2022-05-15 07:36:00

प्रतिकृया दिनुहोस्