दैलेखको नौमुले गाउँपालिकामा माओवादीका सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन्। उनले ३२ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरे। एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए।

यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८ सय ३४ मत प्राप्त गरे। नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन्।

प्रकाशित मिति: : 2022-05-15 06:13:00

प्रतिकृया दिनुहोस्