गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ।
रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ। छत्रकोटको अध्यक्षमा कांग्रेसका अनन्तराम पौडेल १,७४७ भोटका साथ निर्वाचित भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद पाण्डेयले १,६९७ भोट पाए।
उपाध्यक्षमा जनमोर्चाका गुमान सिंह पुन मगर १,४९४ भोटका साथ निर्वाचित भएका छन्। उनका निकट्तम प्रतिस्पर्धी एमालेकी सावित्रा ज्ञवाली १,६८२ भोट पाइन्।
यस्तै गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। अध्यक्षमा सरोजकुमार थापा ५,०८५ भोटका साथ निर्वाचित भएका छन्। उनका निकट्तम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर भुसाल ४,३१६ भोट पाए।
यस्तै उपाध्यक्षमा तारा थापा ढेगा ५,१६० भोटका साथ निर्वाचित भएकी छन्। उनका निकट्तम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ४,२४७ भोट पाइन्।