प्यूठानमा विप्लवका उम्मेदवार वडाअध्यक्षमा विजयी

नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्यूठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

उनी माओवादी केन्द्र, राजमो र नेपाली काङ्ग्रेसको गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। जिल्लाका निर्वाचन अधिकृत कैलाश खत्रीका अनुसार उनले ७७० मत लिएर विजयी भएका हुन्। 

बामबहादुर वडाअध्यक्षमा निर्वाचित भएसँगै विप्लव नेतृत्वको नेकपाले प्यूठानमा खाता खोलेको छ। 

उनका प्रतिद्वन्दी एमालेका रिख बहादुर गौतमले ६२८ मत ल्याए। बुढाले माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका थिए।

प्रकाशित मिति: : 2022-05-14 23:49:00

प्रतिकृया दिनुहोस्