काठमाडौंमा एमाले उम्मेदवार डंगोललाई लोकप्रिय मत

file photo
file photo

काठमाडौं महानगरपालिकामा जारी मतगणनाका क्रममा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पाएकी छन्। 

सुरुमा मेयर पदमा स्वतन्त्र उठ्ने घोषणा गरेर एमालेबाट उपमेयरको टिकट पाएकी उनले ताजा अवस्थामा ५२० मत ल्याउन सफल भएकी छन्।

उनलाई चुनौती दिइरहेका कांग्रेस-माओवादीसहितको साथ पाएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केबल ११० मत मात्रै पाएका छन्। 

सुनिताले मेयरका उम्मेदवार बालेन साहको भन्दा एक सय बढी मत ल्याएकी छन्।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरका उम्मेदवारको पक्षमा १०५ मत पाएका छन्। त्यस्तै विवेकशील साझाकी उम्मेदवारको पक्षमा ३५ मत परेको छ।

प्रकाशित मिति: : 2022-05-14 20:31:00

प्रतिकृया दिनुहोस्