कैलालीका १३ मध्य ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लगेका छन्।
कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ। यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा एसको अग्रता रहेको छ। यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।
यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ। घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा एसका उम्मेदवारको अग्रता रहेको छ। जानकी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।
कैलालीको दुई स्थानीय तह बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा एमालेका उम्मेदवारको अग्रता रहेको छ।
यसैगरी कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ, भने टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा रेसम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ।
सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढी उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। कैलालीको मोहन्याल गाउँपालिकामा भने मतपेटिका संकलन कार्य भइरहेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।