देशभरबाट चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँ गठबन्धनबाट माओवादीका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदका लगि चुनावी मैदानमा छिन्। उनका प्रतिष्पर्धी छन् नेकपा एमालेका विजय सुवेदी।
रेणुले आफ्नो अग्रता कायमै राखेकी छन्। गणना गरिएको मतको घोषणा हुँदा निकटतम रहेका विजयले बेला बेलामा रेणलाई भेट्न खोज्छन् र चुनावी परिणाम रोचक बन्न जान्छ। फेरि अर्काेपटक रेणुले मतान्तर बढाउँछिन्। यसरी अझैसम्म पनि भरतपुरको मेयर पदका लागि विजयले रेणुलाई उछिन्न मात्रै हैन भेट्टाउनसमेत सकेका छैनन्।
पछिल्लो मत परिणाम अनुसार रेणुले ७६२ मत प्राप्त गरेकी छन्। त्यस्तै विजय ६७० मतमा छन्। रेणुकै गठबन्धनबाट कांग्रेसबाट उपमेयर उठेकोचित्रसेन अधिकारीले ८०० मत पाएका छन्। राप्रपाबाट उपमेयरमा उठेकी हिमला गुरुङ ५३२ मतमै खुम्चिएकी छन्।