अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र बाबु खनाल निर्वाचित भएका छन्।

एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर भट्टराईले ५१० मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा गठबन्धन पक्षधर नेपाली कांग्रेसका शोभाखर खनालले ८४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ५५१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-14 19:14:00

प्रतिकृया दिनुहोस्