बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन्।
भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन्। विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए। यस्तै भुवनले ७ सय ९० मत ल्याए।
पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन्।
यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेका जयदत्त पन्त प्यानलसहित विजयी भएका छन्।
जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका हुन्।
यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। पुर्चौडी नगरपालिका वडा नम्बर १० मा कांग्रेसका हिक्मत विष्ट विजयी भएका छन्।
सिगास गाउँपालिका १ मा कांग्रेसकै रामचन्द्र ऐरी विजयी भएका छन्। त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड विजयी भएका छन्।
८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ।