पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ।
तोकिएको समयभन्दा ढिला गरी मतगणना सुरु भएकाे हाे।
दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ। यहाँका आठ ठाउँबाट मत गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।