ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेकी उपाध्यक्ष उम्मेदवार अस्मिता थापाले फराकिलो मतान्तरको अग्रता बनाएकी छिन्।
जारी मतगणनामा १२० मतले अर्को उम्मेदवारलाइ पछि पार्दै अस्मिताले अग्रता लिएकी हुन्।
अस्मिताले ३५० मत प्राप्त गरेकी छिन् भने नेपाली कांग्रेसकी प्रेमकुमारी दाहालले २३० मत प्राप्त गरेकी छिन्।
त्यस्तै माओवादी केन्द्रकी विमला भट्टराईले ४८ मत प्राप्त गरेकी छिन्। अहिले वडा-१ को मतगणना सकिएको छ ।