काठमाडौंकाे मतगणना अपडेटः  बालेनको अग्रता यथावत्, केशव स्थापित दाेस्राे स्थानमा 

काठमाडौँ महानगरपालिकाको मतगणनाको जारी छ।

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।

शनिबार बिहान १० बजेदेखि सुरु भएकाे मतगणनामा हालसम्म मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्।

बालेनलाई नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन्।

हालसम्म ६८० मतको गणना भइसक्दा बालेनले २१६ मत ल्याएका छन् भने स्थापितले १७९ र सिर्जनाले १४१ मत ल्याएकी छन्।

हाल महानगरपालिकाको वडा नं १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ।

प्रकाशित मिति: : 2022-05-14 16:32:00

प्रतिकृया दिनुहोस्