घोराही उपमहानगरमा गठबन्धनको सुरुवाती अग्रता 

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ।

 माओवादी केन्द्रबाट उम्मेदवार बनेका हेमराज शर्मा (डायमण्ड)ले १७२ मत ल्याउँदै सुरुवाती अग्रता कायम गरेका हुन्। 

एमालेबाट उम्मेदवार बनेका नरुलाल चौधरीले १४५ मत ल्याएका छन्। माओवादीका शर्माले एमालेका चौधरीलाई १७ मतले पछाडि पारेका छन्। 

उपप्रमुखमा पनि गठबन्ध तर्फबाट कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १६७ मत ल्याएका छन्। एमालेबाट उपप्रमुखकी उम्मेदवार हुमा डिसीले १४७ मत ल्याएकी छिन्। 

अहिले वडा नं १९, १८ र १४ को मत गतणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-14 13:50:00

प्रतिकृया दिनुहोस्