दाङकाे लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
नेकपा एमालेका उम्मेदवार दण्डिराम चौधरीलाई ९ मतले पछि पार्दै कांग्रेसका चौधरीले सुरुवाती अग्रता लिएका हुन्।
नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादि केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि योगि ९९, नेकपा एमालेका शुसिला शर्मा ७८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेका छन्।
लमही नगरपालिका यस अघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए।
वडा नम्बरमा नेपाली कांग्रेसका दामोदर पौडेलले ३८, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ३४ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नुमराज पौडेलले १९ मत प्राप्त गरेका छन्।
लमही नगरपालिका वडा नंं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रसाद सुवेदीले अग्रता लिएका छन्। उनले ४१ मत प्राप्त गरेका हुन्।
नेपाली कांग्रेसका कुमार घिमिरेले २२, नेकपा एमालेका विमबहादुर केसीले १६ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका खिमबहादुर केसीले ४३, नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ४०, नेकपा माओवादी केन्द्रका प्रेम वलीले १० मत प्राप्त गरेका छन्।