काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।
कुल ३०० मत गन्दा स्वतन्त्र उम्मेदवार साहले ७२ मत प्राप्त गरेर अग्रता लिएका छन्।
मतगणनाको प्रारम्भिक परिणामअनुसार दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।
महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको हाे। मतगणना जारी छ।