प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले)का २८ वर्षीय तीलबहादुर बुढाको प्यानल विजयी भएको छ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे।
महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्गबहादुर महरा विजयी भए ।