मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनले १ सय ५८ मत ल्याएर लामा विजयी भएका हुन्।

यो सँगै स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ।

भर्खरै सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन्। ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-05-14 02:00:00

प्रतिकृया दिनुहोस्