मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने

देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ।

निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो। तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ।

देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ।

धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ। मतगणना सुरु हुन अघि सर्वदलीय बैठक बस्ने छ।

प्रकाशित मिति: : 2022-05-13 18:44:00

प्रतिकृया दिनुहोस्