उदयपुरको एक मतदान केन्द्रमा प्रहरी निरीक्षकले चलाएको गोलीबाट मतदाताकाे ज्यान गएकाे छ।
स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालका २१ वर्षे छोरा नवीनकाे गोली लागेर ज्यान गएकाे हाे।
स्थानीय सोरुमछब्बिसेमा निर्वाचन सम्पन्न भइसकेको बेला निरीक्षकले गोली हानेपछि अवस्था तनावग्रस्त भएको छ।
मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले इन्स्पेक्टर सन्की भएकाले नवीनको ज्यान गएको बताएका छन्।