अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो  

निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ। 

आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ। 

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ। 

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-05-13 14:28:00

प्रतिकृया दिनुहोस्