लमजुङमा ४० प्रतिशत मत खस्यो 

File photo
File photo

लमजुङमा १ सय ८२ वटै मतदान केन्द्रबाट जारी मतदानमा ४० प्रतिशत मत खसेको छ।

मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अंग परिचान भएका छन्। आममतदाता पनि मतदान गर्न बिहानैदेखि लामबद्ध भएर लाईनमा बसेका छन्।

तर, मतदानमा सहभागी मतदाताहरुलाई लामो समय लाईनमा बस्नुपर्ने बाध्यताले कष्टपूर्ण बनाएको छ। कुनैपनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन।

जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म जिल्लामा ४० प्रतिशत  मतदान सम्पन्न भएको छ।

प्रकाशित मिति: : 2022-05-13 13:25:00

प्रतिकृया दिनुहोस्