गोरखाको गण्डकी गाउँपालिका-६ मा मतदान स्थगित

Symbolic Photo
Symbolic Photo

गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ। 

केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो।

शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए।
अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए  ।

प्रकाशित मिति: : 2022-05-13 12:55:00

प्रतिकृया दिनुहोस्