मतदाताबाट लखेटिए सञ्चारमन्त्री कार्की (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

झण्डा हल्लाउँदै भाेट हाल्न काठमाडाैँबाट गृहनगर निस्किएका एक बहालवाला मन्त्री स्थानीय मतदाताद्वारा लखेटिएका छन्।

नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी बराहक्षेत्र– ६ का मतदाताले मतदान केन्द्र परिसरबाट हाे–हल्ला मच्चाएर लखेटेका हुन्।

मन्त्री कार्कीविरूद्ध ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै भोटरहरू उग्र बन्न थालेपछि उनी भाेटै नहाली सुरक्षित स्थानतर्फ लागेकाे सुरक्षा स्राेतले जनाएकाे छ।

मन्त्री कार्कीलाई मतदानहरूले नाराबाजी गरेर मतदाता केन्द्रमा छिर्न दिएका छैनन्। चर्को रूपमा विरोध प्रदर्शन गरेपछि उनी त्यहाँबाट भागेको एक स्थानीयले जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-13 12:53:00

प्रतिकृया दिनुहोस्