बझाङमा झडप, मतपत्र च्यातियो

File Photo
File Photo

झाङको जयपृथ्वी नगरपालिका– ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मा.विकाे मतदान केन्द्रमा झडप भएको छ।

मतदानकै क्रममा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका भएकाे हाे। झडपका क्रममा केही मतपत्र च्यातिएका छन्।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ। झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो।

प्रकाशित मिति: : 2022-05-13 11:50:00

प्रतिकृया दिनुहोस्