सोमबार, १५ डिसेम्बर २०२५

मतदानपछि प्रचण्डले भने- जित र हार निर्वाचनको स्वाभाविक प्रक्रिया हो

News Image
• • •

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपील गरेका छन्। उनले भने, 'स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हाे।'

पत्रकारको एक जिज्ञासामा उनले भने, 'जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ। यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!