काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन्।
उनले कामपाको वडा–१६ स्थित युवक माविबाट मतदान गरेकी हुन्।
स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरलगायत देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
नेकपा (एमाले) र कांग्रेस–माओवादी–समाजवादी गठबन्धनका सबै उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्।