एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका- ५ को मतदान केन्द्रमा मतदान गरेका छन्।

देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए।

प्रकाशित मिति: : 2022-05-13 08:08:00

प्रतिकृया दिनुहोस्