पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे पालुङटारबाट मतदान

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा गृहजिल्ला गोरखा पुगेर मतदान गरेका छन्।

उनले पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन्।

बिहान ७ बजेदेखि शुरु भएको मतदानमा पूर्वप्रधानमन्त्री भट्टराईले मतदान सम्पन्न गरेको अन्नपूर्ण मावि मतदान केन्द्रका अधिकृतले जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-13 08:56:00

प्रतिकृया दिनुहोस्