वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले रोल्पा पुगेर गरे मतदान

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले मतदान गरेका छन्।

स्थानीय तहको निर्वाचनको लागि जन्म गाउँ रोल्पा जिल्लाको रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट पुन र घर्तीले मतदान गरेका हुन्।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-05-13 07:48:00

प्रतिकृया दिनुहोस्