सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्नि सापकोटाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला पुगेर मतदान गरेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्।

बिहान ७ बजेदेखि शुरु भएको मतदानमा सभामुख सापकोटाले बिहान ७:११ बजे मतदान गरेको सेतीदेवी पञ्चकन्या मतदान केन्द्रका अधिकृतले जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-13 07:30:00

प्रतिकृया दिनुहोस्