स्थानीय तह निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सरु भएको छ।
देशभर मतदाताको उत्साहपूर्ण सहभागितासँगै शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ। बिग्रिँदो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिरहेका छन्।
हिमाली र उच्च पहाडी जिल्लाहरूमा थोरै पानी परे पनि मतदान कार्य सरु भइसकेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आयोगले अपील गरेको छ।
स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण छिनमै पानी पर्ने र छिनमै घाम लाग्न सक्ने भएकाले मतदानका लागि जाँदा ओत बोक्न मौसमविद्ले सुझाव दिएका छन्।