स्थानीय तह निर्वाचन: आज सवारी साधन चलाउन नपाइने

स्थानीय तह निर्वाचनको दिन आज (शुक्रबार) बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने भएको छ।

निर्वाचनका दिन आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भन्ने उदेश्यका साथ सवारी साधन पूर्णरुपमा बन्द गरिएको हो। तर, उक्त दिन अत्यावश्यक सवारी साधन भने चल्नेछन्।

बिहान ६ बजेदेखि बन्द रहने सवारी साधन बेलुकी मतदान सकिएपछि मात्रै  सञ्चालनमा आउने प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: : 2022-05-12 05:10:00

प्रतिकृया दिनुहोस्