आफूलाई भाेट हाल्न भन्दै पैसा बाँड्ने उम्मेदवारविरूद्ध निर्वाचन आयोगमा ठूलाे मात्रमा उजुरी परेका छन। मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० भन्दा बढी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
‘याे माैन अधविकाे समयमा उम्मेदवारले भाेट आफूतिर जान्न पैसा बाँडेकाे भन्दै आयाेगमा धेरै गुनासाहरू आएका छन्,’ उनले भने,‘यसरी आचारसंहिता उल्लंघन गर्नेहरू धेरै छन्, कारवाही गरेको बारे सूचना दिएर साध्य नै छैन।’
निर्वाचनको मौन अवधीको समयमा पैसा बाँड्ने लगायतका आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोगले कसुरको प्रकृति अनुसार कारवाही गर्ने उनले बताए। तर, निर्वाचन कानुनमा कुन आचारसंहिता उल्लंघन गर्दा के कारवाही गर्ने भन्नेबारे प्रष्ट नभएकोले आयोगले आचारसंहिता उल्लंघनका गम्भीरताका आधारमा कानुनी कारवाही गर्ने बताए।
‘निर्वाचन कानुनअनुसार उहाँहरुलाई एक लाख जरिवाना हुन्छ, बाँडेको पैसा जफत हुन्छ, यसबारे आयोगले निर्णय गर्छ। आयोगले उहाँहरुको उम्मेदवारी खारेजसम्म गर्न सक्छ,’ उनले भने।
आयोगले पैसा बाँडेको लगायतका गम्भीर किसिमका आचारसंहिता उल्लंघनका घटनामा उम्मेदवारी खारेजसम्मको कारवाही गर्ने भनेपनि अहिलेसम्म कसैलाई पनि उम्मेदवारी खारेजसम्मको कारवाही गरिएको छैन। यसबारे आयाेगकाे पदाधिकारी बैठक बसेर निर्णय लिने आयाेगकाे भनाइ छ।