मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले बताएको छ।