जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ (१५ मे) बाट औपचारिक उडान सुरु गर्ने भएको छ। जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो।
बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो।
आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।
जजिरा एयरवेजले सातामा तीन उडान गर्ने भएको छ। भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ। त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ।