सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते

File photo
File photo

सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएकाे छ।

जिल्लाकाे सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा गएराति दुई पार्टीका कार्यकर्ताबीच  झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन्।

नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

एमालेबाट घाइते भएका ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विककाे उपचार अहिले नेपालगञ्जमा भइरहेको छ। 
 

प्रकाशित मिति: : 2022-05-11 13:39:00

प्रतिकृया दिनुहोस्