माओवादीले घरजग्गा कब्जा गरेर यसरी सताएका थिए, कांग्रेसलाई !

माओवादीले युद्धकालमा सबैभन्दा ठूलो दुश्मन कांग्रेस नेताहरुलाई बनाएका थिए। उनीहरुको मुख्य केन्द्रबिन्दु नै कांग्रेस नेताका घर र जग्गा थिए। दाङका अधिकांश कांग्रेस नेताहरु गाउँमा बस्न पाएनन्। उनीहरुका जग्गा कब्जा भए, घरमा आगजनी भयो।

कांग्रेस नेताहरु विस्थापित भएर शहरमा बस्नुपरेको थियो। शान्ति प्रक्रिया आइसक्दा पनि धेरैका जग्गा फिर्ता भएनन्। उल्टै कब्जा जग्गामा व्यापार गरेर माओवादी नेतहरुले नै पैसा कमाए। जग्गाधनीहरु पिडित नै भए।

तत्कालिन माओवादी पीडित संघ दाङले तयार पारेको तथ्यांकअनुसार दाङमा २ सय ७० जना कांग्रेस नेताहरु माओवादीद्वारा विस्थापित भएका थिए। माओवादीले उनीहरुको ५ हजार ४ सय बिघा बढी जग्गा कब्जा गरेका थिए। जग्गा फिर्ता नभएपछि लामो समयसम्म विस्थापितहरु प्रशासन धाउन बाध्य भएका थिए। कतिपय कांग्रेस नेताहरुले माओवादी नेताहरुलाई नै जग्गा प्लटिङ गर्न दिएर आफू सुरक्षित हुने उपाय निकालेका थिए।

माओवादी नेताहरुले कांग्रेसका नेताहरुलाई धम्काएर जग्गा आफूले सस्तो खरिद् गरी प्लटिङ गरेका थिए। कतिपयका जग्गा अहिले पनि बिभिन्न बाहनामा कब्जामा छन्। किसानहरुले जग्गा अधियाबापत दिएको धानसमेत माओवादीले लुटेका थिए।

माओवादी कांग्रेसका नेताका घरका काठहरु समेत निकालेर लगेका थिए। कतिपयले घरबारीमा रहेका रुखहरु समेत काटेर लगेका थिए। कतिपयका त घर भत्काएर इँटा समेत माओवादी नेताहरुले लगेका थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि जग्गा कब्जा र धम्की छुटेको थिएन। अहिले पनि माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई भोट नहाले देश दुर्घटनामा जाने भन्दै धम्की दिइरहेका छन्।

माओवादीले युद्धकालमा हत्या गरेका, अंगभंग बनाएका, वेपत्ता पारेका र लुटेका सबैजसो पीडितहरु कांग्रेस नेताहरु नै छन्। त्यसरी दुःख दिएका माओवादी नेतालाई अहिले गठबन्धनका नाममा भोट हाल्न नसकिने कांग्रेसका नेताहरुको गुनासाे छ। केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले सहमति गरेर गठबन्धन गरे पनि जिल्ला, नगर, वडा र गाउँ तहसम्म माओवादीसँग मन मिल्न नसक्ने कांग्रेस नेताहरुको भनाइ छ।

हिजो यातना दिएका, घरजग्गा लुटेका, हत्या गरेका, अंगभंग पारेका, अपहरण गरेका माओवादीलाई अहिले भोट हालेर जिताउनुपर्ने बाध्यता नरहेको कांग्रेस नेताहरु बताउँछन्। माओवादीलाई चुनावमा भेट हाल्ने जस्तो गल्ती गर्न नसकिने उनीहरुको भनाइ छ।

‘हिजोका घाउहरु अझै ताजै छन्। हिजो हामीलाई चन्दा मागेर चिठी पठाउने, नदिए यातना दिने, अपहरण गर्ने नेतालाई अहिले हामीले नै भोट हाल्नुपर्ने ?,’ एक कांग्रेस नेताले भने, ‘योभन्दा ठूलो अन्याय के हुन्छ ? हामी कुनै पनि हालतमा माओवादीलाई भोट हाल्न सक्दैनौं।’

प्रकाशित मिति: : 2022-05-10 21:45:00

प्रतिकृया दिनुहोस्