दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ ३ गते मतदान हुने भएको छ।
वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तह र वडाहरुमा नयाँ कार्यकालका लागि जनप्रतिनिधि चुन्न निर्वाचन हुँदैछ। तर तुलसीपुर १७ मा भने वडाध्यक्षका उम्मेदवार ५३ वर्षीय लवरु चौधरीको मंगलबार रात िमृत्यु भएपछि ३० गतेका लागि तोकिएको निर्वाचनको समय स्थगित गरेर जेठ ३ गतेका लागि सारिएको हो।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले वैशाख २८ र २९ गते उम्मेदवारको मनोनयन दर्तादेखि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेसम्मका कार्य सम्पन्न गरिने र ३ गते मतदान हुने जानकारी दिए।
एमालेबाट उम्मेदवार बनेका चौधरीको प्रचारका समयमा नै विरामी परेका थिए।
चौधरी मिर्गौला, कलेजोको विरामी थिए। उनको नेपालगञ्जमा उपचारपछि काठमाडौँ लगिएको थियो। तर उपचारकै क्रममा काठमान्डौँस्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो।