स्वर्णपदक विजेता सन्जु चौधरी मृत भेटिइन्

फाइल तस्विर
फाइल तस्विर

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छिन्।

केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान झुण्डिएकी अवस्थामा पाइएको प्रहरीले जानकारी दिएको छ। 

उक्त घटनालनई हेर्दा चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। तर हालसम्म कुनै सुसाइड नोट भने भेटिएको छैन।

उनले महिला भारत्तोलनमा मुलुकलाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन्।

२३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन्। उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट सहभागी १६ जनामध्येबाट छानिएकी थिइन्।

प्रकाशित मिति: : 2022-05-10 10:18:00

प्रतिकृया दिनुहोस्